Read More
नेपाल रातोलाई प्रधानमन्त्रीकप

जाग्यो फुटबल
नेपाली फुटबलमा शनिबारको दिनलाई अविस्मरणीय बनाउँदै प्रथम प्रधानमन्त्री कपले बिदा लिएको छ । नेपाली खेलाडीहरूले पनि हजारौं दर्शकको र्समर्थनलाई कदर गरेर देखाए र नतिजा नेपालको पक्षमा पारे ।

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नुमा दर्शकहरुको उपस्थिति ठूलो हौसला बन्यो । दशरथ रंगशालामा क्षमताभन्दा बढी दर्शकहरूको उपस्थिति नेपाली खेलकुदका लागि प्रेरणादायी बन्यो । रंगशालामा यति धेरै दर्शक उपस्थित भएको १९९९ को साफ खेलकुदपश्चात् सम्भवतः यो पहिलो हो । १८ हजार क्षमताको रंगशालामा २० हजारभन्दा बढी दर्शकको उपस्थितिले नेपाली फुटबलका पारखीहरू नघटेको पुष्टि गरेको छ । व्यावसायिक फुटबलमा बामे र्सर्दै गरेको नेपाली फुटबलमा लाखौं रकम आम्दानी हुने वातावरण बनिसकेकोे पुष्टि यसबाट भइको छ । यसले सरकार र हरेक खेलका राष्ट्रिय संघलाई समेत ब्यूँझाएको छ ।

त्यति मात्र हैन घरेलु मैदानमा लामो समयपछि नेपाली खेलाडीहरूले आŠनो कला र सीप देखाउने मौका पाए । खेलाडीमा देखिएको उत्साहले सबैलाई एकजुट भई फुटबलमा लाग्न घचघच्याएको छ । विवादबाट हैन मेलमिलापबाट नै नेपालको फुटबलले गति लिन्छ भन्ने पुनः प्रमाणित भएको छ । पछिल्लो समय नेपाली फुटबल विवादित बन्यो । त्यसको मार खेलाडी र समग्र फुटबलक्षेत्रले बेहोर्नुपरेको थियो । त्यसले खेल र खेलाडीको भविष्यसमेत अन्योलमा परेको थियो । विवाद समाधानसँगै नेपाल फुटबलमय भएको छ । दुइ वर्षता अवरुद्ध राष्ट्रिय लिगका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरू पनि नेपाली भूमिमा धमाधम चल्ने भएका छन् ।

खेलकुद र खेलाडीको भविष्यमाथि खेलबाड गर्नेहरूका लागि पनि यो सबक हो । खेलाडीको चासो र दर्शकहरूको भीडले नेपालको लोकप्रिय खेल फुटबल नै भएको समेत साबित गरिदिएको छ । राजनीतिक हस्तक्षेपको फुटबलमा स्थान छैन । यद्यपि फोहरी राजनीतिक हस्तक्षेपले प्रश्रय पाए फुटबलको सपना देख्ने खेलाडीको भविष्य अन्योलमा पर्ने सिवाय अरू केही हुनेछैन । राष्ट्रको प्रतिष्ठाका लागि समर्पित खेलाडीको भविष्यमाथि खेलबाड गर्ने अधिकार पनि कसैसँग छैन । त्यति मात्र हैन नेपाली खेलकुदमा निरन्तर राजनीतिक हस्तक्षेप भइरहे समग्र खेलकुदकर्मीलगायत आम फुटबल पारखीहरूको भावनामा समेत चोट पुर्याएको ठहरिनेछ ।

यस वर्षराष्ट्रिय लिगले निरन्तरता पाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को काँधमा आएको छ । यो एन्फाका लागि मात्र हैन सम्पूर्ण नेपालीका लागि काम देखाउने बेला हो । अतिथिदेवो भवः भन्ने नेपाली संस्कारलाई आत्मसात् गरी फुटबल संस्कृतिको विकास गर्ने सुनौलो अवसर पनि हो । यसको सफल आयोजनामा जिम्मेवारीपूवक एन्फासँग होस्टेमा हैंसे गर्नु अपरिहार्य छ । जुन हामी सबैको दायित्व र कर्तव्य पनि हो ।

नेपाल रातोलाई प्रधानमन्त्रीकप

राजेन्द्र चापागाईं (काठमाडौं) प्रथम प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपाल रातोले जितेको छ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा सञ्चालित प्रतियोगिताअर्न्तर्गत दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा श्रीलंकाको राष्ट्रिय टोलीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। निर्धारित समय र अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेलको निर्णयटाइब्रेकरबाट लिइएको थियो।

अनिल गुरुङ, सन्दीप र्राई, राजु तामाङ र विराज महर्जनको पेनाल्टी प्रहारले जाली चुम्दा नेपालको जित सुनिश्चित भएको थियो। श्रीलंकाका कसुन जयसर्ूया र कप्तान चतुरन मदुरंगाको प्रहार गोलमा परिणत भएको थियो भने इ बि चनुआ र सञ्जय प्रदीप कुमाराको पेनाल्टी प्रहार क्रसबारलाई नाघ्दै बाहिरिएको थियो।

तीन वर्षछि खचाखच भरिएको रंगशालामा करिब २० हजार दर्शकले प्रतिस्पर्धात्मक खेलबाट भरपूर मनोरञ्जन लिएका थिए।
शुरूआतदेखि नै दुवै टोलीले आक्रामक खेल थालेका थिए। लगातार चार दिनमा तीन खेल खेलेका नेपाली युवालाई श्रीलंकन खेलाडीहरूले खेल अवधिभर निरन्तर दबाब दिइरहेका थिए। नेपाली खेलाडीहरूबाट हिजो दर्शनीय प्रहार नभए पनि विपक्षीका सशक्त प्रहारहरूलाई नेपाली गोलरक्षक विकास मल्लले सुन्दर बचाउ गरेका थिए।

श्रीलंकाले खेलको ११औं मिनेटबाटै लगातारको आक्रमण शुरू गरेको थियो। पहिलो हाफमा मात्र श्रीलंकाले कर्नर र प्रिकिक गरी आधा दर्जन गोल गर्ने सुनौला अवसर पाएको थियो। तर कुनै पनि अवसरलाई नेपाली रक्षापंक्तिले गोलमा परिणत हुन दिएन। श्रीलंकाली इ बिको डिबक्सभित्रको वान भर्सेस वानको अवसरलाई नेपाली किपर विकासले आकर्ष रूपमा समातेका थिए।

नेपालका प्राप्त अवसरहरू फरवार्डमा देखिएको कमजोरीका कारण गुमेका थिए। हिजो पहिलो पटक पहिलो रोजाइमा परेका नीराजन रायमाझीले आठौं मिनेटमा मिलाइदिएको एक मात्र उत्कृष्ट पासलाई सन्दीप र्राईले विपक्षी रक्षक एच एम कुमाराको हातमा दिएका थिए। त्यसो त उनले १८औं मिनेटमा गोलसमेत गरेका थिए तर सो गोल रेपीको अफसाइडको सिट्ठी बजिसकेपछि भएको थियो।

२१औं मिनेटको अञ्जनको प्रिmकिकमा प्यारापिटमा कोचिएका दर्शकहरूले गोलको ठूलो भरोसा गरेका थिए। तर अनिलले हेड गर्दा बलले सीधै किपरको सर्म्पर्कमा पुगेेपछि र्समर्थकहरू निराश हुनुबाहेक कुनै उपाय थिएन। त्यसपछि पहिलो हाफभरि नेपालका तर्फाट शानदार प्रयास देखिएन। ३७औं मिनेटमा इ बिको प्रिmकिकलाई विकासले सुन्दर ढंगले जोगाएका थिए।

नीराजनलाई ४२औं मिनेटमा जुमानु र्राईले प्रतिस्थापन गरेका थिए। उनी मैदानमा ओर्लंदा हजारौं र्समर्थकले रंगशालाको वातावरण उचालेका थिए।

पहिलो हाफ निराशामै बित्यो। जुमानुको प्रवेशसँगै नेपाल खेलमा फर्कियो। केही शानदार प्रहार उपस्थित दर्शकले हेने अवसर पाए। ६९औं मिनेटमा जुमानुले किपरसँग वान भर्सेस वानको स्थितिमा गोल गर्न चुकेका थिए। किपरको हातबाट फर्किएको प्रहारलाई सँगै रहेका जुमानुले पुनः प्रहार गर्न सकेनन्।

खेलको ८३औं मिनेटमा इबिको कडा प्रहारलाई विकासले पन्च गर्दै फर्काइदिएपछि त्यसलाई चुनबहादुर थापाले क्लियर गर्दै नेपालको संकट टारेका थिए। इन्जुरी टाइमको अन्तिम प्रयास खुम गुरुङको शानदार सटलाई विपक्षीका गोलरक्षकले जोगाएसँगै खेल अतिरिक्त समयको छायाँमा परेको थियो। अतिरिक्त समयले विजेताको टुङ्गो नलगाएपछि खेल थप रोमाञ्चक भयो।

पेनाल्टी सुटआउटमा श्रीलंका दुभाग्यशाली सावित भयो र कप नेपालले चुम्यो। जितपछि नेपाली कप्तान राकेश श्रेष्ठले सफलताको श्रेय टोलीका सदस्यको सामूहिक कार्यलाई दिए। उनले भने- ँलामो समय फुटबल समस्यामा भएपनि हामी उपाधि जित्न सफल भयौैं, यसले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।’ उनले फुटबलको विकासका लागि विगतका कटुताहरू बिर्सेर अगाडि बढ्नुपर्ने बेला आएको बताए।
विजेेता खेलाडीहरूलाई सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालगायतले पुरस्कृत गर्नुभएको थियो।

क्षमताभन्दा बढी
प्रधानमन्त्रीकप फुटबल प्रतियोगिताको फाइनल खेल हेन आतुर दर्शकका कारण त्रिपुरेश्वरवरिपरिको क्षेत्र दिनभर असहज र≈यो।

हजारौं दर्शक टिकट नपाएर चिढिएका थिए भने आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले टिकट हातमा भएर पनि भित्र छिर्न नपाएका दर्शकका कारण त्यसवरपरको वातावरण तनावग्रस्तसमेत बनेको थियो। यसरी टिकट लिएर पनि म्याच हर्ेन नपाउने दर्शकको संख्या ५ हजारभन्दा बढी थियो।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपर्यो। त्यसो त रंगशालाको क्ष्ँमताभन्दा करिब १० हजार बढी दर्शकले प्यारापिटबाट फुटबलको मजा लिएका थिए।

उपस्थित दर्शकको भावनालाई कदर गर्न उद्घाटन समारोहमा एन्फा अध्यक्ष गणेश थापाले भनेझैं अर्का रंगशालाको आवश्यकता सबैले महसुस गरेका थिए।
0 Comments
Posted on 16 Mar 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS


Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat