पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
बाढी र पहिरोले धनजनको ठूलो क्षति भएको पश्चिम नेपालका जिल्लाहरुमा बाटोघाटो बिग्रेकाले राहत र उद्धारमा बाधा पुगेको अधिकारीहरुले बताएका छन्।
ठूलो क्षति भएको अछाम र डडेल्धुरामा वर्षा रोकिएपनि थुप्रै ठाउंमा पहिरोका कारण उद्धार कार्य अझै सहज हुन नसकेको अधिकारीहरुले बताएका छन्।
तराई क्षेत्रका कंचनपुर र बर्दिया जिल्लाका कतिपय स्थान जलमग्न हुँदा सैंयौं परिवार विस्थापित हुन पुगेका छन्।
अछामका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार अछामको सदरमुकाम मंगलसेनबाट झण्डै १२ घन्टाको पैदल दुरीमा रहेको पातालकोटमा उद्धारका लागि जनपद प्रहरी पुगेका छन्।
‘राहत’
“तैपनि ठाउँठाउँमा पहिरो गएकोले थप उद्धार र राहत पुर्žयाउन कठिनाइ भएको छ।”
डडेल्धुराको गर्खा गाउँका पहिरोमा पुरिएका १२ जना मध्ये ५ जनाको लास भेटिएपनि पहिरोमा हराइरहेका ७ जनाको अझै कुनै पत्तो लागेको छैन।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद घिमिरे भन्छन्, “बेपत्ता भएकाहरुको खोजी कार्य वर्षा रोकिएपछि आज(बुधबार)बाट बल्ल शुरु गर्न सकिएको छ।”
पश्चिम नेपालका ५ जिल्लामा गत चार दिनदेखिको अविरल वर्षाका कारण बाढी र पहीरोमा परी अहिलेसम्म झण्डै ४० जनाको ज्यान गइसकेको छ।
सबैभन्दा बढी अछाम जिल्लाको विकट क्षेत्रहरुमा नदीमा बगेर र पहिरोमा पुरिएर झण्डै २० जनाको ज्यान गएको बताइएको छ ।
पर्वतमा पहिरो
पश्चिमको पर्वत जिल्लामा पहिरोमा एकै परिवारका ४ जनाको ज्यान गएको छ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका अनुसार बुधबार बिहान पर्वत जिल्लाको पूर्वी भेगमा पर्ने थापाठाना गाउँमा घरमाथिवाट आएको पहिरोमा घर पुरिंदा चार जनाले ज्यान गुमाएका हुन्।
पहिरोमा परेका दुइ जनाको भने गाउँलेले उद्धार गरेका छन्।
0 Comments
Posted on 08 Oct 2009 by admin